शुक्रबार, चैत्र १६, २०८०

थप ९७ जनामा कोभिड पोजेटिभ, ६६ जना संक्रमणमुक्त

काठमाडौ फागुन २७
देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार ४८४ जनाको पीसीआर परीक्षणको क्रमा थप ९७ जनामा कोभिड पोजेटिभ पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ ।आज पहिचान भएका संक्रमित संगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७५ हजार ७० पुगेको    छ ।

त्यस्तै मन्त्रालयले यसवीचमा देशभरबाट थप ६६ जना संक्रमणमुक्त भई घर फर्किएसंगै संक्रमणमुक्त  हुनेको संख्या २ लाख ७१ हजार ११६ पुगेको जानकारी दिएको छ ।

पछिल्लो अपडेट अनुसार देशभर सक्रिय संक्रमितको संख्या ९ सय ४२ रहेको छभने वितेको २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ। यो संगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको मन्त्रालयले जनाएको छ ।