शनिबार, बैशाख ८, २०८१

आजको प्रतिनिधिसभा बैठक शोक प्रस्ताव पारित गर्दै सकिए , अर्को बैठक चैत ३ गते

काठमार्डौ फागुन २६,
आज बसेको प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गर्दै सकिएको छ ।  आजको बैठकमा पूर्व तथा हालका १४ सांसदको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्नुभएकामा सर्वसम्मतिले पारित गर्दै दिवंगत सांसदको आत्माको चिरशान्तिको कामना सहित १ मिनेट मौन धारण गरिएको थियो ।

अर्को बैठक चैत ३ गते मंगलबार बस्ने सभामुख अग्नि सापकोटाले जानकारी गराउभयो । प्रधानमन्त्री केपी  ओली प्रतिनिसभा भवन पुग्नु भए पनि बैठक शुरु हुन अगावै बाहिरिनु भएको थियो ।