बिहिबार, बैशाख १३, २०८१

नक्कली नोट तथा नोट बनाउन प्रयोग हुने विभिन्न सामान सहित राना पक्राउ

काठमार्डौ फागुन २६,
जिल्ला प्रहरीकार्यालय कञ्चनपुर र ईलाका प्रहरी कार्यालय गुलरियाको टोलीले कृष्णपुर नगरपालिका- ९ पिपरीया बस्ने २५ वर्षीय संजय रानालाई १ हजार दरको २ थान र १ सय दरको २ थान नक्कली नोट तथा नक्कली नोट बनाउन प्रयोग हुने विभिन्न सामानसहित मंगलबार राति पक्राउ गरेको छ ।

प्रहरीका अनुसाररानाले नक्कली नोट छाप्ने कार्य गर्ने गरेको भन्ने सूचनाको आधारमा आवश्यक छानविनका लागि खटिएको प्रहरीले रानाको खुद्रापसलको चेकजाँचको क्रममा नक्कली नोट फेला पारी निजलाइ पक्राउ गरेको हो ।

साथै चेकजाँचको क्रममा प्रहरीले उनको पसलबाट १ थानफलामको कैची, १ हजार दरको नेपाली नोटको साइज नाप्ने फलामको पाताबाट बनेको १ थान साँचो, १ थान गम, १ सय ५० थान फोटोकपी पेपर, १ थान रङ्गिन फोटोकपी मेसिन, १ थानडेस्कटप कम्प्युटर र १ हजार रुपैयाँ सक्कली नेपाली नोट १ थान प्रहरीले बरामद गरेको जनाउदै थप अनुसन्धान गरिरहेको जनाएकोछ ।