बिहिबार, बैशाख १३, २०८१

नेता जोशीको अवस्था बिग्रिएपछि पुनः भेन्टिलेटरमा

काठमार्डौं फागुन २६,
मष्तिष्कघात भई नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई पुनः भेन्टिलेटरमा राखिएको छ । गत फागुन १४ गतेदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएपछि भेन्टिलेटरबाट निकालिएको थियो ।

तर पछिल्ले समय नेता जोशीको स्वास्थ्य अवस्थामा अचानक समस्या देखिएसंगै पुन भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको अस्पतालको तर्फबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । जारी विज्ञप्तिमा शनिबार बिहानदेखि श्वासप्रश्वास र मुटुको चालमा गडबडी भएपछि अस्पतालले पुनः भेन्टिलेटरमा राखेर उपचार जारी राखेको छ । भेन्टिलेटरको सहयोगबाट उहाँको रक्तचाप सामान्य छ भने प्रतिमिनेट उहाँ आफैँले ८–१० पटक श्वास फेरिरहेका उल्लेख गरिएको छ । त्यस्तैआँखाका नानीहरुको प्रतिक्रिया पनि सामान्य नै रहे पनि अझै कोमामै रहेको बताईएको छ ।

यसैवीच उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा राजीव झाका अनुसार मस्तिष्कघात भएका बिरामीमा उपचारको क्रममा पुनः समस्या आउनु स्वभाविक रहेको बताउदै यसअघि आफैँले श्वास फेर्न थालेपछि जोशीलाई अस्पतालले भेन्टिलेटरबाट निकालेर उपचार गरिएको जनाउनु भएको छ।