शुक्रबार, चैत्र १६, २०८०

महाशिवरात्रि पर्व :पशुपति दर्शनार्थ ३ वटा मार्गको व्यवस्थापन सहित १० हजार सुरक्षाकर्मी परिचालन

[फाइल फोटो]

काठमाडौ फागुन २५,
विहिवार मनाइने वर्ष २०७७को महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिर दर्शनको लागि पशुपति क्षेत्र विकास कोषले तीनवटा मार्गको व्यवस्थापन गरिएको जनाएको छ ।

कोषका अनुसार पशुपतिनाथ मूल मन्दिर परिसरमा प्रवेश गर्न क्रमस पहिलो मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति, हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट त्यस्तै गरि बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गीभवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दोस्रो र पश्चिममा वनकाली ओरालो हुँदै जुत्ता चप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी मार्ग व्यवस्थापन गरेको जनाएको छ ।

कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार यदि आवश्यकता भए तिलगङ्गा राममन्दिरतर्फ बाट थप मार्ग व्यवस्था गर्न सकिने जानकारी दिदै कोभिड कहरका कारण यस वर्ष ७ देखि ८ लाख भक्तजनले मात्र पशुपतिनाथमा दर्शन गर्ने प्रारम्भिक आकंल सहित करिब ३ हजार साधुसन्त पशुपति क्षेत्रमा आइसकेको जनाएको छ ।

त्यस्तै पर्वको अवसरमा पशुपति क्षेत्रमा आजैदेखि करीब १० हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिदै विगत वर्षमा जस्तै यसपटक पनि दर्शनका लागि विशेष पासको व्यवस्था नगरिएको र । दर्शन गर्न चाहनेले लाममै बसेर मन्दिर प्रवेश गनुृपर्नेछ । वृद्धवृद्धाका लागि भने स्वयंसेवकबाट छिटो दर्शन गराउने व्यवस्था मिलाइने कोषले जनाएकोछ ।

महाशिवरात्रिका दिन बिहान ४ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिने खोलिने र मास्क विना भक्तजनलाई मूल मन्दिर क्षेत्रमा प्रवेश नदिइने बताईएको छ । साथै महाशिवरात्रिका अवसरमा ६० वटा संस्थालाई स्वयंसेवा गर्न, २५ वटा संस्थालाई स्वास्थ्य शिविर राख्न र २० संस्थालाई निःशुल्क भोजनको व्यवस्था गर्न अनुमति दिइएको जानकारी सहित पशुपति क्षेत्र कानूनद्वारा नै मांस, मदिरा तथा नशालु पदार्थ निषेधित क्षेत्र घोषणा गरेकाले त्यसलाई कडाइका साथ पालना गरिने जानकारी दिइएकोछ ।