शुक्रबार, चैत्र १६, २०८०

थप ५९ जनामा कोभिड संक्रमित थपिए, ६० जना संक्रमणमुक्त, १ को मृत्यु

काठमाडौं फागुन २५,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा २ हजार ७१५ जनाको पीसीआर परीक्षण्को क्रममा देशभर थप ५९ जनामा कोभिड संक्रमित थपिएका छन् । यही अवधीमा देशभरबाट थप ६०जना संक्रमणमुक्त भई घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

मन्त्रालयका अनुसार आज पहिचान भएक संक्रमित संगै संक्रमितको कुल संख्या २ लाख ७४ हजार ८६९ पुगेको छभजे डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ९८७ पुगेको जनाएकोछ ।

साथैदेशभर सक्रिय संक्रमितको संख्या ८ सय ७० रहेको र वितेको २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको जनाउदै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको जानकारी दिएकोछ ।