बुधबार, बैशाख १२, २०८१

नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक : संसद र सरकार गठनबारे कांग्रेस र जसपा र एमालेसंग समेत छलफल गर्ने

काठमाडौं फागुन २५,

नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आव्हान गरिएको छ । माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा बस्ने उक्त बैठकमा
सर्वोच्चको फैसलासंगै सिर्जित नयाँ परिस्थिती अनुरुप पार्टी पुनर्गठनको प्रक्रियालगायतका विषयमा छलफल हुने सम्वद्ध स्रोतले जनाएको छ।

स्मरण रहोस सर्वोच्च अदालतले गत आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता बदर गरी दुई पार्टीलाई पूर्वत अस्तित्वमा रहने गरि व्युँताइदिएपछि पहिलो पटक माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आव्हान गरिएको हो ।

त्यस्ते बैठकले संसद र सरकार गठनबारे नेपाली कांग्रेस र जनता समाजवादी पार्टी र एमाले संग समेत छलफल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन । सातथै आजको बैठकले फागुन २९ गते केन्द्रीय समिति र चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णय गरेको बुझिएको छ । त्यस्तै अर्को स्थायी कमिटी बैठक बुधबार दिउँसो बस्ने बताईएकोछ ।