बिहिबार, चैत्र १५, २०८०

सर्वोच्चको फैसलाले नेकपा एकीकरण संकटमा, नेता तथा कार्यकर्ताको राजनैतिक यात्रा यता न उता

काठमाडौ फागुन २४,
सर्वोच्च अदालतको पछिल्लो फैसला केन्द्रीत हुँदै यस विषयमा आवश्यक छलफल गर्न भन्दै प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बोलाइएको छ ।

बैठकमा मुलत नेकपालाई सर्वोच्च अदालतले मान्यता दिन अस्वीकार गर्दै नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिदै पछिल्लो समय तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि नेकपा एकीकरण संकटमा मात्र परेको नभइ सम्वद्ध नेताहरुले आफ्नो राजनैतिक भविष्य समेत यता न उताको भएको प्रतिक्रिया दिन थालेका छन ।

यसैवीच एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्चको फैसलासंगै माधवकुमार नेपाल समूहका नेताहरु अलग अलग छलफलमा जुटेको बुझिएको छ । छलफलमा माओवादी केन्द्रमानै रहेर राजनैतिक यात्रा गर्ने कि तत्कालीन एमालेमा फर्कने भन्ने विषयमा केन्द्रीत रहेको बताइएको छ ।