बुधबार, साउन १३, २०७८

ईसेवामा रकम रकमान्तर गरी अनलाईन ठगी गर्ने खड्का पक्राउ

काठमाडौं फागुन २४,
ईसेवा आइडीमा अनाधिकृत रुपमा पहुँच पुर्‍याई ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका(७ चावहिल बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका(४ घर भएका २३ वर्षीय आशिष खड्कालाई मध्यपुर ठिमी नगरपालिका(२ सानोठिमीबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पीडितहरुको बारेमा पूर्ण जानकारी लिई बिभिन्न बहानामा उनीहरुका कम्प्यूटर, ल्यापटप, मोबाइल जस्ता डिभाइसबाट गुगल एकाउण्टको पासवर्ड थाहा पाई पीडितहरुको ईसेवा आइडीमा अनाधिकृत रुपमा पहुँच पुर्‍याई अन्य व्यक्तिको नामको खाता लगायत ईसेवा समेतमा रकम रकमान्तर गरी अनलाईन ठगी गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाले ठगी कार्यमा संलग्न खड्कालाई पक्राउ गरेको हो । खड्कालाई ठगी मुद्धामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु