बिहिबार, बैशाख १३, २०८१

८९ जनामा कोभिड सङ्क्रमणको पुष्टि , ४२ जना सङ्क्रमित डिस्चार्ज

काठमाडौ फागुन २४,
पछिल्लो २४ घण्टामा ४ हजार ३९१ जनाको पीसीआर परीक्षणको क्रममा ८९ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अज पहिचान भएका सङ्क्रमितसँगै नेपालमा कोभिड कुल सङ्क्रमितको संख्या २ लाख ७४ हजार ८१० पुगेको जनाएका छन ।

त्यस्तै मन्त्रालयले यसवीचमा ४२ जना सङ्क्रमित निको भएर घर पर्के संगै निको हुनेको सख्या २ लाख ७० हजार ९२७ पुगेको जनाएको छ ।
साथैहाल ८७२ जनामा संक्रिय कोभिड सङ्क्रमित रहेको र पछिल्लो २४ घण्टामा१ जनाको मृत्यु भएसंगै हालसम्म सङ्क्रमणबाट तीन हजार ११ पुगेको जनाएकोछ ।