शुक्रबार, चैत्र १६, २०८०

प्रतिनिधिसभाको बैठक प्रचण्ड–माधव पक्षका सांसदद्दारा वहिष्कार

काठमाडौ फागुन २३,
आज अपरान्हबाट शुरु भएको संसदको ७ औं अधिवेशन बैठकमा सिर्जित कार्यसूची विवादका कारण नेकपा [प्रचण्ड–माधव ] पक्षका सांसदले बैठकनै वहिष्कार गरेका छन् ।

बैठक शुरुभएलगत्तै सो समूहका सांसद भीमबहादुर रावलले सर्वोच्च अदालतले नेकपाको विषयमा गरेको फैसलाप्रति आपत्ति जनाउँदै सरकारले अध्यादेशको कार्यसूची ल्याउन अनुचित रहेको टिप्पणी गर्दै बैठक वहिष्कार गरेका छन ।

तथापी सुचारु रहेको बैठकमा नेपाली काँग्रेसकी सांसद पुष्पा भुषालले प्रतिनिधिसभा विघटनको कदमलाई सर्वोच्च अदालतले बदर गरी पुनस्र्थापना गरेकोमा धन्यवाद व्यक्त गर्दै अभिव्यक्ति दिदै सरकारको तर्फबाट पेश भइरहेको अध्यादेश कार्यसूचीको विरोध गर्नुभएको थियो ।