आइतवार, अशोज ३, २०७८

सिएमजी क्यासिनोमा प्रहरीको छापा ,कुमार जैसवाल लगायत १० जना पक्राउ

काठमाडौं फागुन २२,
काठमाडौं महानगरपालिका १३ ताहाचलस्थित प्लाटिनम होटलको अन्डर ग्राउण्डमा रहेको सिएमजी क्यासिनोबाट अवैध रुपमा जुवातास खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा भारत विहार मोतिहारी घर भएका ३८ वर्षीय रंजित कुमार जैसवाल लगायत १० जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त क्यासिनोमा अवैध रुपमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटिबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद ८ लाख २६ हजार ९ सय ८० रुपैयाँ, ९ लाख रुपैयाँ लेखिएको ३ थान बैंक चेक, करिब ५ लाख ७० हजार रुपैयाँ बराबरको ३ सय ९० वटा क्यासिनो क्याईन, १५ बुक तास, ३ थान ग्रिन गोल्ड र ३ थान प्लाटिनम कार्ड, १ थान पैसा गन्ने मेशिन र १ थान Slot Meter Reading बुक   समेत प्रहरीले बरामद गरेको जनाउदै यस सम्बन्धमा प्रहरील थप अनुसन्धान गरिरहेको जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु