बिहिबार, बैशाख ६, २०८१

३ बुँदे सहमति भएसंगै मुलुकमा अब द्वन्द्वात्मक हिंसाको अन्त्य र शान्तिपूर्ण युगको शुरुवात: प्रम ओली

प्रस्तुत सहमतिमा नेपाललाई सुन्दर बनाउने सपना संगै ‘दिगो शान्ति, स्थिरता, समृद्धिको आकांक्षा अन्र्तनिहित रहेको छ :विप्लव

काठमाडौं फागुन २१,
प्रधानमन्त्री केपी ओलीले विप्लब समूह सँग तीनबुँदे सहमति भएसंगै मुलुकमा अब द्वन्द्वात्मक हिंसाको अन्त्य भात्र भएको नभइ नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउनुभएको छ ।

सरकार र विप्लब समूह बीच भएको ३ बुँदे सहमति पत्रमा हस्ताक्षर तथा सहमति पत्र सार्वजनिकरण कार्यक्रमलाइ सम्बोधन गर्दै
प्रम ओलीले यस्तो अभिव्यक्ति दिनुभएको हो । त्यस्तै उहाँले प्रस्तु सहमति संगै राष्ट्रियता, राष्ट्रिय अखण्डता, सामाजिक न्याय र समानता, अधिकारसम्म पुग्ने अवसरको प्राप्ति, लोकतन्त्रको रक्षा र शान्ति चाहेको बताउदै सहमति पत्रमा हस्ताक्षर लामो समयपछिको उपलब्धीको परिणाम भएको समेत बताउनभयो ।

साथै यसअघि सिके राउतसँग पनि यसैगरी वार्ताबाट सहमति गरी शान्तिको मूलधारमा ल्याएको जनाउ दिदै प्रधानमन्त्री ओलीले शान्तिको नयाँ युगमा नेपाल प्रवेश गरेपछि नेपालको समृद्धिलाइ सकेले रोक्न नसकने दावी समेत गर्नुभयो ।

त्यस्तै कार्यक्रममा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव आज सार्वजनिक सहमतिभित्र महान् आकांक्षा लुकेको बताउँदै प्रस्तुत सहमतिमा नेपाललाई सुन्दर बनाउने सपना संगै ‘दिगो शान्ति, स्थिरता, समृद्धिको आकांक्षा र युवामा हुर्किएको समृद्ध जीवनको चाहना अन्र्तनिहित रहेको जिकिर गर्नुभयो ।

साथै प्रस्तुत सहमतिमा आफुहरु प्रतिवद्ध छौं, पालना गर्छौं । आशंका वा कुतर्क गर्न जरुरी छैन भन्दै यसलाइ सफल बनाउन आआफ्नो तह र तप्काबाट सवैलाइ धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु