बिहिबार, बैशाख १३, २०८१

यस्तो छ सरकार र विप्लव समूहबीच भएको ३ बुँदे सहमति

काठमाडौं फागुन २१,
सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमति भएको छ ।३ बुँदे सहमतिमा उल्लेखित बुँदा समेटिएको छ । जुन यहाँ प्रस्तुत गरिएको छ ।

१- दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं ।

२- नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ ।

३- नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्र्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।

-प्रस्तुत सहमतिमा आज राष्ट्रियसभा गृहमा आयोजित समारोहमा सरकारका तर्फबाट वार्ता टोली संयोजक रामबहादुर थापा र विप्लव समूहको तर्फबाट प्रवक्ता तथा वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेको गर्नुभएको हो ।