बुधबार, बैशाख ५, २०८१

प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठक: दलको नेताबाट ओली बर्खास्त, संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं फागुन २१,

नेकपा प्रचण्ड-नेपाल समूहको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । सिंहदरबामा शुक्रबार बसेको प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठकले दलको नेताबाट केपी ओलीलाई बर्खास्त गर्दै उक्त पदमा प्रचण्डलाई चयन गरेको हो ।संसदीय दलको नेता चयन भएपछि प्रचण्डले सबै सांसदहरुलाई धन्यवाद दिएका छन ।

बैठकअघि प्रचण्ड-नेपाल पक्षले आफू पक्षीय सांसद्हरुको हस्ताक्षर संकलन गरेको थियो । संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको प्रचण्ड-नेपाल समुहले दावी समेत गरेको छ । सांसद सोमप्रसाद पाण्डेले आफ्नो पक्षका १ सय १४ जना सांसदहरुको हस्ताक्षर संकलन भएको जनाउ दिएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु