बिहिबार, बैशाख ६, २०८१

विप्लवसमूहका  नेता–कार्यकर्ता रिहाइ प्रक्रिया शुरु

काठमाडौं फागुन २१,
सरकार नेत्रविक्रम चन्द विप्लवसमूहवीच विहिवार भएको ३ बुँदे सहमति संगै यसअघि लाग्दै आएको प्रतिबन्ध फुकुवा भएकोछ भने आजैबाट नेता–कार्यकर्ता रिहाइ प्रक्रिया शुरु भएको छ ।

काठमाडौँमा पक्राउ परेका पिवप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलालाई समेत आज काभ्रेपलाञ्चोकबाट रिहाइ गरिसकिएको जानकारीदिदै गृहमन्त्रालयले अदालतमा पुर्पक्षमा पुगेकाका हकमा मन्त्रिपरिषद्कै निर्णय अनुसार बाँकीको हकमा सरकारी वकिलको कार्यालयमार्फत आवश्यक प्रक्रिया पु९याएर रिहा गरिने जनाएकोछ ।

यसवीचमा प्रमरी मुख्यालका अनुसार विप्लव समूहका १४४ नेता–कार्यकर्ता पुर्पक्षका लागि कारागारमा रहेको र २ दर्जन भन्दा बयि कार्यकर्ता विरुद्ध अनुसन्धान भइरहेको समग्रमा प्रहरीले दुई हजार ८२ जना पक्राउ गरेको जनाएकोछ ।

त्यस्ते सरकार र चन्द समूहबीच विहिवार भएको सहमति विस्तृत विवरण आज अपराह्न सार्वजनिक गरिँदैछ । उक्त सहमति सार्वजनिक गर्ने कार्यक्रमलाय प्रधानमन्त्री केपी ओली र समूहका महासचिव चन्दले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।