शुक्रबार, चैत्र १६, २०८०

मुलुकमा सिर्जित पछिल्लो राजनैतिक घटनाक्रम केन्द्रीत हुँदै आज काँग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं फागुन २१,

मुलुकमा सिर्जित पछिल्लो राजनैतिक घटनाक्रम केन्द्रीत हुँदै आज नेपाली कांग्रेसको आज अपराह्न नयाँ बानेश्वरस्थित संसद भवनमा संसदीय दलको बैठक बस्दै छ ।

बैठकमा मुलत प्रतिनिधिसभाको पुनःस्थाना संगै फागुन २३ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलका रुपमा कसरी प्रस्तुत हुने भन्ने विषयगत एजेन्दा केन्द्रीत रहने बताईएकोछ ।

त्यस्तै पछिल्लो समय कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई घटक मध्ये कुन घटक सँग सहकार्य गर्ने भन्ने सम्बन्धमा समेत छलफल हुने सम्वद्ध स्रोतले जनाएको छ ।