बिहिबार, बैशाख १३, २०८१

१४३ जनामा कोभिड सङ्क्रमण पुष्टि, ८३ जना डिस्चार्ज

काठमाडौं फागुन २१,
पछिल्लो २४ घण्टामा छ हजार १४३ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १४३ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएसंगै नेपालमा कुल कोभिड सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ६०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्ते मन्त्रालयले वितेको २४ घण्टामा ८३ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको सख्या २ लाख ७० हजार ७६६ जना पुगेको जानकारी दिएको छ ।
त्यस्तै मन्त्रालयका अनुसार हाल ८३२ जनामा सक्रिय संक्रमित रहेको वितेको २४ घण्टामा कसैको पनि मृत्यु नभएको जनाएकोछ । यद्यपी
सङ्क्रमणबाट३ हजार १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।