शुक्रबार, चैत्र १६, २०८०

समुदायस्तरमा कोभिड बिरुद्धको खोप अभियानका लागि महानगरले तोक्यो १५ वटा खोप केन्द्र

काठमाडौं फागुन १९,
आगामी फागुन २३ बाट समुदायस्तरमा सुरु गर्ने कोभिड बिरुद्धको खोप अभियानका लागि काठमाडौ महानगरपालिकाले १५ वटा खोप केन्द्र तोकेको छ।

महानगरपालिकाद्दारा जारी सूचनामा महानगरका ३२ वटै वडाका लागि खोप केन्द्र तोकिएको जानकारी दिदै प्रस्तावित खोप केन्द्रबाट ५५ वर्षभन्दा माथिका नागरिक, निजी शिक्षण संस्थामा कार्यरत शिक्षक तथा प्राध्यापक, कर्मचारीहरु, सहयोगीहरु, सार्वजनिक यातायातका चालक, सह–चालकहरुलाई खोप दिइने जनाएको छ ।

साथै जारी सूचनामा खोप लगाउनका लागि ५५ वर्षभन्दा माथिका उमेर समूहका उमेर खुल्ने फोटोसहितको परिचय [नागरिकता,मतदाता परिचय पत्र,सवारी चालक परिचय पत्र] चाहिनेछ महानगरको सूचनामा उल्लेख गरिएको छ।

त्यस्तै फागुन २८ गतेसम्म जारी रहने अभियानमा सहभागीहुन सार्वजनिक यातायातका चालक सहचालकहरूलाइ भने आफ्नो परिचय खुल्ने फोटोसहितको परिचयपत्र र सिफारिस पत्र चाहिने जनाएको छ ।