बुधबार, मंसिर १५, २०७८

पत्रकार न्यौपानेलाइ कोभिड विमाको रू एकलाख रुपैया हस्तान्तरण

काठमाडौं फागुन १९,
मिसन मिडिया क्लवले पत्रकार महासंघ उपत्यका प्रदेशका कोभिड संक्रमित पत्रकार सागर न्यौपाने लाइ कोभिड विमाको रू एकलाख रुपैया हस्तान्तरण गरेको छ ।

नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिको कार्यकक्षमा विज्ञापन बोर्डका सदस्य एवमे अग्रज पत्रकार बलराम थापाले ललितपुर महासंघका पाध्यक्ष समेत रहेको पत्रकारन्यौपानेलाइ विमा  वापतको  चेक हस्तान्तरण गर्नु भएको थियो ।

पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका महासचिव एवम् क्लवका अध्यक्ष श्रीजन झाले कोभिड–१९ को सङ्क्रमणको बढ्दो जोखिमको समयमा आफ्नो कर्म क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समिति अन्र्तगत रहेका काठमाडौँ, भक्तपुर र ललितपुरका ११९ पत्रकारको सुरक्षाको लागि क्लवको तर्फबाट पत्रकार कोभिड बीमा’ कार्यक्रम सञ्चालन गर्नु भएको हो ।

यसअघि कोभिड संक्रमित पत्रकार विदुर थापा, संजय केसी, सविन शर्मा रामहरि कार्की,शुशीलबन्ध थापा, गोकुल कार्की निरज रञ्जित, अमृत अधिकारी लिला रुेष्ठ लगायतलाइ कोभिड विमाको रकम हस्तान्तरण गरिसकेको प्रदेश समितिका महासचिव झाले जानकारी दिनुभएको छ । चेक हस्तान्तरण कार्यक्रममा पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोही , ललितपुर पत्रकार महासंघका कोषाध्यक्ष रामहरी कार्की , निरज रन्जित महासंघ काठमाडौंका उपाध्यक्ष सूर्य सुवेदी, अर्जन डोटेल, प्रवीन श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु