शुक्रबार, बैशाख ७, २०८१

प्रधानमन्त्री केपी ओलीको चुनौती – सक्छ भने आफूलाई पदबाट हटाएर देखाउ

काठमाडौ फागुन १८,
मंगलबार झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन गर्दैप्रधानमन्त्री केपी ओलीले आफूलाई पदबाट हटाएर देखाउन चुनौती दिनुभएको छ । साथै उहाँले आफूलाई हटाउन त्यति सजिलो नभएको भन्दै डेढ दुई वर्षपछि चुनाव हुने र त्यसमा दुई तिहाइका साथ जितेर फेरि सिंहदरबार फर्किने समेत बताउनुभयो ।

त्यस्तै ओलीले आफूले इतिहासमै नभएको काम गर्ने क्रमको शुरुवात गर्न पाएकोमा गर्व गर्दै आफू सदैव अदालत सम्मानको पक्षका रहेको जनाउ दिदै अदालतको फैसलाको सम्मान र कार्यान्वयनमा कुनै समस्या सिर्जना नगर्ने बताउदै पशुपतिमा सुनको जलहरी बनाउन सरकारले दिएको ३० करोड रुपैयाँको बचाउ गर्दै आफ्नो व्यक्तिगत प्रयोगका लागि नभइ पशुपतिनाथलाई दिएकोमा आलोचना गर्नुको अर्थ नभको र नेपाल सुरुङ युगमा प्रवेश गरिसकेको समेत बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु