शनिबार, बैशाख ८, २०८१

७८जना कोभिड संक्रमित थपिदै गर्दा ७२ जना संक्रमणमुक्त

काठमाडौ फfगुन १८,

पछिल्लो २४ घण्टामा देशभर थप ७८जना कोभिड संक्रमित थपिएका छन् । त्यस्तै यसवीचमा देशभरबाट थप ७२ जना संक्रमणमुक्त भई घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार ११७ जनाको पीसीआर परिक्षणको क्रममा आज पहिचान भएका संक्रमितसंगै
नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार २ सय ९४ पुगेको र संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ५ सय ४३ पुगेको जनाएकोछ ।

साथै देशभर सक्रिय संक्रमितको संख्या ९ सय ७४ रहेको छ । भने संक्रमणबाट आज मृत्युको संख्या शून्य रहेको छ । नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७७७ पुगेको जनाएको छ ।