बिहिबार, चैत्र १५, २०८०

प्रम ओलीको राजीनामा माग्नुपूर्व सर्वोच्च अदालतको फैसला राम्रोसँग अध्ययन गर्नु : सञ्चारमन्त्री गुरुङ

काठमाडौं फागुन १७,
सरकारका प्र्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा नेकपा चन्द समूहसँग सरकारले छिट्टै वार्ता गर्ने तयारी भइरहेको र अवको वार्ता ििवप्लव समूहलाई शान्तिपूर्ण रुपबाट राजनीतिक मूलधारमा ल्याउने प्रयासमा केन्द्रीत हुने जनाउ दिनुभएकोछ ।
त्यस्तै उहाँले प्रधानमन्त्री ओलीको राजीनामा माग्नेलाई सर्वोच्च अदालतको फैसला राम्रोसँग अध्ययन गर्न पनि आग्रह गदै अदालतको फैसला कार्यान्वयन गरेर सरकार अघि बढछ, सो फैसला विपरीत गएर प्रधानमन्त्रीको राजीनामा माग्ने अधिकार कसैलाई नभएको समेत बताउनुभएको छ।
त्यस्तै मन्त्री गुरुङले बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारले साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडलाई मल आपूर्ति तथा वितरक संस्थाको रूपमा तोक्ने निर्णय गरेको जानकारीदिनुभएको छ। साथै बैठकले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालकमा अनिलकुमार झालाई नियुक्त गर्न सञ्चालक समितिलाई निर्देशन दिने निर्णय, लुम्विनी बौद्ध विश्वविद्यालयलाई विश्वविद्यालयको ऐकेडेमिक भवन एवं अनुसन्धान केन्द्रको निर्माणका लागि रुपन्देही जिल्लाको देवदह नगरपालिका–८ स्थित जम्मा ६१।२५ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न १हजार५५३ रुख हटाउन स्वीकृति दिने निर्णय संगै प्रतिनिधिसभाको अधिवेशन यही फागुन २३ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको बताउनुभयो ।
 यस्तो छ मन्त्रिपरिषद्का थप निर्णय