शुक्रबार, चैत्र १६, २०८०

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं फागुन १७ ,
नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु दुईका दरले मूल्यवृद्धि गरिएको छ ।

बढ्यो नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर रु ११६ यस्तै, डिजल र मट्टितेल प्रतिलिटर रु ९९ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिक उडानतर्फ साविकको प्रति लिटर बिक्री मूल्यमा रु ५ले वृद्धि गरी रु ७२ कायम गरिएको छ ।

यस्तै खाना पकाउने एलपी ग्यासको खुद्रा मूल्य भने यथावत नै कायम राखिएको निगमले जनाएको छ । मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ४२ पैसा, डिजलमा प्रतिलिटर ६ रुपैयाँ ५६ पैसा तथा एलपी गयासमा प्रतिसिलण्डर ३९२ रुपैयाँ ८२ पैसा घाटा रहेको जनाएको छ ।