शनिबार, बैशाख ८, २०८१

महासङ्घलाई साझा सङ्गठन बनाउन आग्रह 

काठमाडौं फागुन १७ ,
पत्रकार महासङ्घको आसन्न् अधिवेशन लक्षित हुँदै विभिन्न् १३ सङ्घसङ्गठनले महासङ्घलाई साझा सङ्गठन बनाउन आग्रह गरेका छन् । आज १३ वटै सङ्घसङ्गठनले विज्ञप्ति निकाल्दै महासङ्घलाई साझा बनाउन बनाउन सबै सङ्घसङ्गठनको अनिवार्य सम्मानित प्रतिनिधित्व हुने गरी सवै सङ्गठनलाई प्रतिबद्धताका लागि आह्वान गर्दै दबाबसहितको राष्ट्रिय अभियान चलाउने निर्णय गरेको हो ।

त्यस्तै जारी विज्ञप्तिमा महासङ्घको आसन्न निर्वाचबाट सङ्घ, प्रदेश र जिल्लामा विचार आस्थासहित उत्पीडित क्षेत्र, लैंगिक जाति र भाषागत रुपमा पूर्ण समावेशिताको सुनिश्चितता संगै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति, अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता, श्रमजीवी पत्रकारको पेशागत, भौतिक, सामाजिक एव अर्थ सुरक्षाका लागि महासङ्घको जारी आन्दोलनलाई अझ उन्नतस्तरमा उठाउन सबै तह र निकायलाई परिचालन गर्ने, मुद्दामा सहमत सवै सङ्घसङ्गठनसँग दीर्घकालीन सहकार्य गर्दै दबाबमुलुक अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

विज्ञप्ति जारी गर्नेमा राष्ट्रिय दलित पत्रकार मञ्च क्रान्तिकारी पत्रकार सङ्गठन,लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाज , प्रेस सेन्टर नेपाल , जागरण मिडिया सेन्टर , मिडिया नेपाल लगायतका सङ्घसङ्गठन रहेका छन् ।