शनिबार, जेष्ठ २९, २०७८

श्रीस्वस्थानी परमेश्वरी व्रतकथाको आजबाट साङ्गे गरिदै

काठमाडौं फागुन १५,
गत पौष शुल्क पूर्णिमादेखि सुरुभएको श्रीस्वस्थानी परमेश्वरीको व्रतकथाको आजबाट साङ्गे हुँदैछ । एक महिनासम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित छ । सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिंग बनाई निराहार व्रत बसेर तपस्या गरी मनोकांक्षा पूरा भएको कुरा स्वस्थानी कथासँग जोडिएको छ । हिन्दू धर्मावलम्बी समूदायकावीच बीच विशिष्ट महत्व राख्ने यो व्रत बस्नाले मनले चिताएको मनोकाक्षा पूरा हुने विश्वासका साथ एक महिना अवधिसम्म बस्ने गरिन्छ ।

त्यस्तै गरि आजको दिन स्वस्थानी परमेश्वरीको व्रतकथामा उल्लेख भएको अनुरुप व्रतालुहरूले स्वस्थानी परमेश्वरीलाई अक्षत रोटी, अक्षता, बेली पुष्प, यज्ञसूत्र, कुटो सुपारी, पान, धूप, दीप, नैवेद्य, कस्तुरीलगायतका सामग्रीका साथै विभिन्न फलफूल प्रत्येक १०८ संख्यामा परमेश्वरीलाई चढाउने गरिन्छ । स्वस्थानी परमेश्वरीको शिलामूर्ति राजधानीको मखनटोलस्थित तारिणी बहालभित्र छ ।

यसैवीच स्थानीय साँखुस्थित शालीनदीमा विभिन्न जिल्लाबाट आएका भक्तजनले माघ महिनाका स्वामी नामले चिनिने माधवनारायणको जलप्रसाद ग्रहण गरी गत पौष  शुक्ल पूर्णिमादेखि व्रत शुभारम्भ गरेका थिए ।  शालीनदीका व्रतालुले सबै विधि पूरा गरी अश्वमेध यज्ञ गरी माधवनारायण स्वस्थानी मेला समापन गरेको समितिले जनाएको छ ।  यसैवीच घरघरमा गरिने कथा वाचा तथा स्वस्थानी व्रतको सांगे पनि आजै गरिदैछ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031