शनिबार, बैशाख ८, २०८१

लिखत सम्बन्धी कसूरमा संलग्न लेखा अधिकृत परियार पक्राउ

काठमाडौं फागुन १३,
लिखत सम्बन्धि कसूरमा संलग्न रहेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका(६ बस्ने चितवन भरतपुर नगरपालिका(११ घर भएका मालपोत कार्यालय भरतपुर चितवनमा कार्यरत तत्कालीन लेखा अधिकृत ५७ वर्षीय रिठ्ठे परियारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

लेखा अधिकृत रिठ्ठे समेतको संलग्नतामा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय भरतपुर चितवनको भौचर, छाप र कर्मचारीहरुको दस्तखत समेत किर्ते गरी १ करोड १७ लाख २४ हजार ५ सय ३८ रुपैयाँ लिखत सम्वन्धी कसूर गरी सरकारी रकम अपचलन गरेको प्रारम्भिक अनुसान्धानको क्रममा खुल्न आएपछि तारकेश्वर नगरपालिका ६ मा लुकिछिपी बसेको अवस्थामा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गर्दै आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकोछ ।