बुधबार, बैशाख १२, २०८१

देशलाई अन्यौलतामा त्यतिकै छोड्ने काम हुन्न सोच बुझ सहित उपयुक्त निर्णय लिन्छौं :प्रवक्ता ज्ञवाली

प्रधानन्त्री केपी ओलीले तत्काल राजीनामा दिनुपर्छ :प्रवक्ता श्रेष्ठ

काठमाडौं फागुन १२ ,
मंगलवार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णयगरेसँगै सत्तारुढ दल नेकपा ओली समूहको आज बसेको स्थायी समिति बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्दै अदालतले तोकेको समयसीमा भित्रै संसद्को बैठक बोलाउने निर्णय संगै यसवीचमा अन्य राजनीतिक दलहरुसँग पनि छलफल गर्ने निर्णय गरेको पार्टी प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बैठक पछि पत्रकाहरुलाइ जानकारी दिएका छन ।

त्यस्ते उहाँले आज बसेको बैठकले पार्टीको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय संगै मुलुकको पछिल्लो अवस्था मूल्यांकन गरेर प्रधानमन्त्री ओलीले राजीनामा दिने नदिने विषयमा नितिगत निर्णय गरिने जनाउ सहित देशलाई अन्यौलतामा त्यतिकै छोड्ने काम नहुने
बताउदै सोच बुझ सहित उपयुक्त निर्णय गरिने बताउनुभयो ।

यसैवीच नेकपा प्रचण्ड–माधव समूहको पनि आजै बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी ओलीको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै अदालतको फैसलाले संविधान र लोकतन्त्रको रक्षा गरेको प्रचण्ड माधव समूहको ठहर गरेको छ ।

त्यस्तै बैठक पछि प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद विघटनको असंवैधानिक कदम चाल्ने प्रधानन्त्री केपी ओलीले तत्काल राजीनामा दिनुपर्ने बताउनुभयो । साथै उहाँले यदि प्रम ओलीले राजीनामा नदिए आफुहरु संविधानत व्यवस्था अनुरुप अगाडि बढ्ने बताउनुभयो ।