शुक्रबार, बैशाख ७, २०८१

उपत्यकाका ४९ जना सहित देशभर थप ८० जनाम कोभिड संक्रमित थपिए

काठमाडौं फागुन ९,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ३ हजार ३ सय २५ जनाको पीसीआर परिक्षणको क्रममा काठमाडौ उपत्यकाका ४९ जना सहित देशभर थप ८० जना कोभिड १९ संक्रमित थपिएका छ भने यसवीचमा देशभरबाट थप १ सय २१ जना संक्रमणमुक्त भई घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा जनाकारी दिनुभयो ।

त्यस्ते प्रवक्ता डा गौतमले देशभर सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ९४ रहेको जानकारीदिदै वितेको २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु नभएको र अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको बताउनुभयो ।