बिहिबार, बैशाख १३, २०८१

३० लाख ८४ हजार नगदसहित १७ जुवाडे पक्राउ

काठमाडौं फागन ८,
ललितपुर महानगरीय परिसरको टोलीले जुवाखालबाट जुवा खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ । परिसरका प्रहरी निरीक्षक पोषणराज थपलिया र सुरेशराज भट्टको कमाण्डमा खटिएको टोलीले ललितपुर महानगरपालिका–२६ सुनकोठी स्थित अजय महर्जनको घरमा अवैधरुपमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई शुक्रबार पक्राउ गरेको हो ।

अवैधरुपमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको टोलीले महर्जनको घरमा खानतलासी गर्दा अवैधरुपमा जुवातास खेलिरहेका उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिएका छन ।

पक्राउ पर्नेहरुमा ललितपुरका ४३ वर्षीय राम बहादुर लामा, ४० वर्षीय प्रकाश भण्डारी, ४७ वर्षीय लब कुमार बस्नेत, ४३ वर्षीय राकेश महर्जन, ३९ वर्षीय दिनेश पुडासैनी, ५३ वर्षीय हिटलर श्रेष्ठ, २८ वर्षीय अनिल महर्जन, ३६ वर्षीय श्रीकृष्ण खड्का रहेका छन् ।

यसैगरी, ४२ वर्षीय तुलसी राम महर्जन, ४६ वर्षीय सानु कान्छा महर्जन, ४५ वर्षीय पुर्ण श्रेष्ठ, ४८ वर्षीय विनोद प्रसाद घिमिरे, ४० वर्षीय पूर्णमान माली, ५७ वर्षीय सानुकान्छा बस्नेत, ४६ वर्षीय राम खत्री, ३२ वर्षीय विनोद महर्जन र ५५ वर्षीय चिरीकाजी महर्जन रहेका छन् ।

पक्राउ परेका उनीहरुको साथबाट ३० लाख ८४ हजार ४ सय नगदसहित १९ थान तासबुक, कौडा २० थान, तास खेल्दा प्रयोग गर्ने क्यारेमको गोटी थान ५ र तास खेल्दा प्रयोग गर्ने सिमीको दाना १५० थान बरामद गरेको छ