बुधबार, बैशाख १२, २०८१

सरकारसँग वार्ताका लागि तयार रहेको नेत्रविक्रमको जनाउ

काठमाडौं फागन ८,

सरकारद्वारा प्रतिबन्धित नेकपामा महासचिव नेत्रविक्रम चन्दले सहज वातावरण बनेमा सरकारसँग वार्ताका लागि तयार रहेको बताएका छन् । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै विप्लवले पार्टीको गतिविधि गर्न सहज वातावरण बनेमा सरकारसँग वार्ताका कुनै समस्या नभएको जनाउ दिएको हो ।

त्यस्तै विप्लवद्वारा जारी विज्ञप्तिमा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टीको सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौँ भनिएकोछ ।

केहिसाता अघि सरकारको तर्फबाट खानेपानी मन्त्री मणि थापाले चन्द समूहका नेता हेमन्तप्रकाश ओलीलाई नख्खु कारागार भेटे गर्दै यदि चन्द वार्ताका लागि तयार हुने हो भे विप्लव समूहमाथिको प्रतिबन्ध हटाउन र खुला राजनितिको वातावरण बनाउन सरकार तयार रहेको बताइएको थियो ।