बिहिबार, बैशाख १३, २०८१

एमिकस क्युरीको राय प्रस्तुति सकिएसंगै संसद विघटन प्रकरण हेर्दाहेर्दैमा फागुन ११ गतेका लागि पेशी तोकिए

एमिकस क्युरीको राय वरिष्ठ अधिवक्ता कार्की र मैनाली एक कित्तामा, वरिष्ठ अधिवक्ता खरेल, शाक्य पाठक अर्को कित्तामा

काठमाडौ फागुन ७,

संसद विघटन प्रकरण अन्र्तगत एमिकस क्युरी ले राय दिने क्रम आजबाट सकिएसंगै इजलासले हेर्दाहर्दैमा फागुन ११ गतेका लागि पेशी तोकेको छ । एमिकस क्युरीका वरिष्ठ अधिवक्ता गीता पाठकले आज आफ्नो राय प्रस्तुत गर्दै संसद विघटन गर्ने संविधानमा व्यवस्था नभएको मात्र नभइ संविधानले विघटनको अधिकार प्रधानमन्त्रीलाइ नदिएको जनाउ सहितको राय दिदै संसद विघटन अवैधानिक प्रक्रिया भएको जिकिर गर्नु भएको थियो ।
वरिष्ठ अधिवक्ता गीता पाठकको राय सुनेसंगै इजलासले हेर्दाहर्दैमा फागुन ११ गतेका लागि पेशी तोकेको हो ।यद्यपी फागुन ११ गते तेकिएको पेशीको क्रममा अदालतले निर्णय सुनाउने मिति तय गर्ने अड्कल गरिएको छ ।

स्मरण रहोस एमिकस क्युरीका ५ सदस्य मध्ये वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र विजयकान्त मैनालीले नेपालको संविधानले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई भएको राय दिएको छ भने बाँकी वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल, पूर्णमान शाक्य र गीता पाठकले नेपालको संविधानले विघटन गर्ने अधिकार नदिएको राय दिनुभएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031