शुक्रबार, चैत्र १६, २०८०

नियुक्ति, बर्खास्ती जस्ता स्वेच्छाचारी कार्य अविलम्ब रोक्न सरकारलाई काँग्रेसको चेतावनी

काठमाडौ फागुन ७
नेपाली काँग्रेसले केपी ओली सरकारले बर्खास्त र नियुक्तिको क्रमलाइ आफ्नो अभिष्ठ बनाउनु गलत र आपत्तिजनक रहेको टिप्पणी गर्दै सरकारको सिफारिसमा प्रदेश नं २ का प्रदेश प्रमुखको आज गरिएको बर्खास्ती र नयाँ नियुक्तिप्रति विरोध तथा भत्सर्ना गरेको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज जारी विज्ञप्तिमार्फत संसद विघटनको असंवैधानिक कदम पश्चात् काम चलाउ स्थितिमा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्ति आदि काम गर्न विल्कुलै मिल्दैन र पाइन्न भन्दै अतः यसप्रति कडा विरोध जनाउंदै नेपाली कांग्रेस स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी समेत दिएको छ।

त्यस्तै विज्ञप्तिमा अघिल्लो सरकारको पालामा प्रक्रियाबमोजिम गरिएको नियुक्तिलाई गत वर्ष बदर गरेर वर्तमान सरकारले यस अघि प्रदेश प्रमुखमा नयाँ नियुक्ति गरेको थियो । फेरि आज त्यही प्रवृत्ति दोहो¥याएर सरकारले प्रदेश प्रमुखको गरिमा थप घटाउँदै जाने काम गरेको आरोप समेत लगाईएकोछ ।

त्यस्ते निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्ति तर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।