शुक्रबार, चैत्र १६, २०८०

बालिकालाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

कञ्चनपुर फागुन ७
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बेलौरी नगरपालिका ६बिद्यानगर घर भएका सोही ठाउँस्थित महाकाली माध्यामिक विद्यालयका शिक्षक ५३ वर्षीय मधु बिलास ढुङगानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विद्यालयको कक्षा कोठामा बुधबार बिहान ती बालिकालाई ढुङगानाले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गर्दै आवश्यक अनुसन्धान गरिरहेको जनाएकोछ ।