बिहिबार, बैशाख १३, २०८१

पश्चिमी वायुको प्रभाव कमजोर हुँदै, बिहीबारदेखि देशभर मौसम सफा हुने

काठमाडौं फागुन ५ ,
जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायुको प्रभावका कारण केहि दिन यता देखि मौसमा हुँदै आएको उतारचढाव न्यूनिकरण हुँदै बिहीबारदेखि देशभर मौसम क्रमिकरुपमा सुधार आउने जनाएको छ । विगत केही दिनयता देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएकेछ ।

त्यस्तै विभागले आज रातिदेखि उक्त प्रणाली कमजोर भई बाहिरिने भएकाले बिहीबारदेखि देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने समेत जनाएके छ । साथै आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६।५ डिग्री र अधिकतम तापक्रम २२।५ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम –२.७ डिग्री सेल्सियस रहेको जनाएकोछ ।