बुधबार, बैशाख ५, २०८१

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं फागुन ५ ,

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको आगामी १४औँ महाधिवेशनसंगै मुलुकको पछिल्लो राजनीति घटनाक्रम केन्द्रीत हुने बताईएकोछ ।

यसअघि पार्टीको १४औँ महाधिवेशन यही फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण गरेको काँग्रेसले कोभिड–१९ को सङ्क्रमणका कारण कार्यतालिका प्रभावित भएयता महाधिवेशनको नयाँ मिति तोकेको छैन ।

आज बस्ने बैठकल महाधिवेशनको नयाँ कार्यतालिका, वर्तमान केन्द्रीय समितिको समयावधि थप गर्ने, क्रियाशील सदस्यता छानबिन समिति गठन संगै प्रतिनिधिसभा विघटनविरुद्धको पार्टीको आन्दोलनको समीक्षा र भावी कार्यक्रमलगायत समग्र विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031