शुक्रबार, चैत्र १६, २०८०

संसद विघटनसंगै मुलुकमा राजनीतिक अस्थिरताको संकट मौलाए : उपराष्ट्रपति पुन

पत्रकाररिता क्षेत्रमा मौलाएको विकृति, विसंगति र अनुशासनहिन गतिविधिहरुलाई सुधार गर्न आफ्नो अर्जुनदृष्टि : सञ्चारमन्त्री गुरुङ

काठमाडौ फागुन ५ ,
नेपाल पत्रकार महासंघको २६औं साधारणसभाको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले संसद विघटनसंगै मुलुकलाई राजनीतिक अस्थिरताको संकट देखिएको बताउसभएको छ ।  त्यस्तै उहाँँले सम्बोधनको क्रममा संसद बिघटनलाई असंवैधानिक ठहराउदै मुलुकमा सिर्जित राजनीतिक संकट निवारण र्गनका लागि संसद पुनःस्थापनाको विकल्प नभएको जिकिर गर्नुको अलावा संविधानको संरक्षण र पालना सवै संघसंस्था र नागरिक समाजले गर्नु परम कर्तव्य भएको बताउनुभयो ।

त्यस्तै उद्घाटन सत्रमा शुभकामना अभिव्यक्ति सहित सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले प्रतिनिधिसभा बिघटन विद्यमान यावत विकृति विरुद्ध भएको बताउदै यो वा त्यो नाममा सिर्जित विकृति निवारणकै लागि सरकारले ताजा जनादेशमा जाने निर्णय गरेको बताउनुभयो । त्यस्तै उहाँले पत्रकारिता क्षेत्रलाई सम्मानित र जवाफदेही बनाउन आफुले कुनै पनि कोणबाट पहलकद्मी लिन तयार रहेको भन्दै पछिल्लो समय पत्रकाररिता क्षेत्रमा मौलाएको विकृति, विसंगति र अनुशासनहिन गतिविधिहरुलाई सुधार गर्न आफ्नो अर्जुनदृष्टि रहेको बताए ।

त्यस cवसरमा महासंघले १ लाख राशीको कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका पुर्वअध्यक्ष डा सुरेस आचार्यलाई प्रदान गरेको छ । त्यस्तै ५० हजार राशीको गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका पुष्पहरि क्याम्पा राई र ५० हजार राशीको कृष्णसेन इन्छुक राष्ट्रिय पत्रकारिता पुरस्कार विनोद पहाडीलाई प्रदान गरेको छ । त्यस्तै  १० हजार रासीको उमासिंह राष्ट्रिय पत्रकारिता पुरस्कार शिल्पा कर्ण र मन्दिरा थापालाई प्रदान गरिएको छ भने १० हजारकै गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार राम भरत शाह र मुना हमाललाई प्रदान गरिएको छ ।

त्यस्तै उद्घाटनसत्रमा  सांसद राधेश्याम अधिकारी, संचार सम्वद्ध नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस संगठन नेपालका अध्यक्ष गणेश बस्नेत,  प्रेस संगठन नेपालका अध्यक्ष महेश्वर दाहाल, प्रगतिशील पत्रकार सङ्घका निवर्तमान अध्यक्ष नारायण शर्मा, क्रान्तिकारी पत्रकार महासङ्घका अध्यक्ष इन्द्र राउत, जनपत्रकार सङ्घका अध्यक्ष शेरबहादुर विक, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेल, सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष सुवास खतिवडा र लोकतान्त्रिक छापामाध्यम सञ्जालका अध्यक्ष दामोदर दवाडी , आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष दण्ड गुरुङ, राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालका अध्यक्ष विनोद पहाडी र मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह लगायतका वक्ताहरुले शुभकामना अभिव्यक्ति दिनुभएको थियो ।