शनिबार, बैशाख ८, २०८१

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौ फागुन ४,
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ । वृद्धि मू आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

प्रतिलिटर रु दुईका दरले डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनमा बढ्दो मूल्य अनुरुप काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर रु ११४, डिजेल तथा मट्टितेलको रु ९७ र आन्तरिका हवाई इन्धनको मूल्य प्रतिलिटर रु ६७ कायम भएको निगमले जनाएको छ ।

त्यस्तै निगमले मूल्य समायोजन पश्चात् पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ८२ पैसा, डिजेलमा प्रतिलिटरर ४रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्यासमा २९५ रुपैयाँ ८३ पैसा घाटा रहेको जनाउदै घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने निगमद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।