शुक्रबार, बैशाख १४, २०८१

काठमाडौै उपत्यकाका ७३ जना सहित १२२ जनामा कोभिड संक्रमण १ को मृत्यु

काठमाडौं फागुन ३,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ३ हजार ५४१ जनाको पीसीआर परीक्षणको क्रममा काठमाडौै उपत्यकाका ७३ जना सहित १२२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसवीचमा १४४ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको जानकारी दिदै १ हजार ५८१ जना सक्रिय सङ्क्रमित रहेको जानकारी दिएको छ । आज थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित २ लाख ७२ हजार ८४० पुगेको छ भने निको हुनेको सख्या २ लाख ६९ हजार २०४ पुगेको छ ।

मन्त्रालयका अनुसार वितेको २४ घण्टामा १ सङ्क्रमितको मृत्यु भएसंगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको सख्या २ हजार ५५ पुगेको जनाएकोछ ।