बुधबार, बैशाख १२, २०८१

नेकपा प्रचण्ड–नेपाल समूहद्वारा आन्दोलनका थप कार्यक्रमको घोषणा

काठमाडौ फागुन २,
नेकपा प्रचण्ड–नेपाल समूहले आज पत्रकार सम्मेलन मार्फत थप आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ ।

प्रधानमन्त्री केपी ओलीको प्रतिगमनका विरुद्ध घोषित तेस्रो चरणको आन्दोलनका थप कार्यक्रम अनुसार फागुन ५ देखि १२ गतेसम्म जिल्ला स्तरीय विरोध प्रदर्शन फागुन ६ गते प्रतिगमन, महंगी र भ्रष्टाचारको विरोधमा टुँडिखेलमा मानव साङ्लो सहितको विरोध कार्यक्रम त्यस्तै गरि फागुन ७ गते देशव्यापी पालिकाका वडाहरुमा वडा स्तरीय विरोध कार्यक्रमको आयोजना गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै फागुन ७ देखि १५ गतेसम्म प्रतिगमनका विरुद्ध संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्थामा हस्ताक्षर संकलन गर्ने कार्यक्रम समेत तय भएको पत्रकार सम्मेलमा जानकारी दिइएको छ ।