शनिबार, बैशाख ८, २०८१

महासंघ उपत्यका प्रदेश समितिको प्रथम साधारण सभा: काठमाडौँ, भक्तपुर र ललितपुरका संस्थापक सभापतित्रय सम्मानीत

काठमाडौ फागुन २,
नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश कमिटीको प्रथम साधारण सभाको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले मुलुकको संघीय रुपान्तरण संगै महासंघको ससंरचनालाइ पनि सोहि अनुरुप आफ्नो कार्यकालमा विधान संशोधन गराई प्रदेश संरचना कार्यान्वयनमा ल्याइएको बताउनुभएको छ । त्यस्तै उहाँले महासंघको संशोभित विधान अनुसार आगामी चैत्र महिनामा केन्द्र, प्रदेश र जिल्लाको नेतृत्वका लागि एकैपटक प्रत्यक्ष निर्वाचन हुने बताउदै उक्त निर्वाचनमा देशभरका सबै साधारण सदस्यले आफ्नो शाखाबाट मतदान गर्न पाउने बताउनभयो ।

साधारण सभाको क्रममा प्रदेश समितिले काठमाडौँ, भक्तपुर र ललितपुरका संस्थापक शाखा सभापतित्रय किशोर नेपाल, रमेश खड्का र प्रभुनारायण बस्नेतलाइ सम्मान गरेको छ भने नयँ पुस्ताका वहालवाला सभापति ३ वटै शाखाका अध्यक्षहरु शन्तराम विडारी पुष्कर बुडाथोकी र त्राप प्रसाद पौडेललाइ मायाको चिनो सहित सम्मान गरेको छ ।

त्यसअवसरमा मिसन मिडिया क्लवका अध्यक्ष समेत रहेका महासंघका महासचिव श्रीजन झाले उपत्यका प्रदेशका कोभिड विमा गरिएका ११९ पत्रकार मध्ये आज भक्तपुर शाखाका सदस्यद्दय रमेश खड्का र लिला श्रेष्ठलाइ जनही १ लाखको चेक हस्तान्तरण समेत गरिएको जानकारी दिनुभयो । त्यस्तै प्रदेश समितिले समस्या परेका पत्रकारका सन्ततीको उज्वल शैक्षिक भविष्यका लागि पत्रकार निरज रञ्जितका स्व पिताजी इश्वरमान रञ्जितको स्मृतिमा उपलब्ध गराएको रु २० हजारको छनत्रवृद्धि यसपटक सडक दुर्घटनामा जिवन गुमाएका पत्रकार गोविन्द घिमिरेका छ वर्षीय सुपुत्र श्रेयान घिमिरेलाइ प्रदान गरिएको छ ।

साधारण सभाको उद्घटनसत्रलामा महासङ्घका महासचिव रमेश विष्टले संविधानप्रदत्त प्रेस स्वतन्त्रताको अधिकारको रक्षाका लागि महासंघ सदैव प्रतिबद्ध रहेको बताउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा कुनै पनि सम्झौात हुने बतानुभयो । त्यस्तै महासङ्घका सचिव रामप्रसाद दाहालले श्रमजीवी पत्रकारका उजुरीका आधारमा दबाबमूलक आन्दोलन सहित समस्याको समाधान गरिएको बताउदै श्रमजीवी पत्रकारका हकाधिकारका लागि निरन्तर महासंघ लागि रहने बताउनुभयो ।

कार्यक्रममा सम्मानीत संस्थापक अध्यक्षहरुको तर्फबाट प्रभुनारायण बस्नेत महासङ्घको एशोसिएट कमिटीका अध्यक्ष केपी ढुङ्गाना, शाखा अध्यक्षहरुको तर्फबाट काठमाडौं शाखाका अध्यक्ष शान्तराम विडारी लगायतले वोल्नु भएको थियो ।

त्यस्तै साधारण सभाको बन्दसत्र अध्यक्ष मण्डलका संयोजक वरिष्ठ पत्रकार दामोदर प्रसाद दवाडी, देवेन्द्र चुडाल, सास्वत शर्माले सञ्चालन गर्नुभएको थियो । त्यस अवसरमा महासचिव श्रीजन झाको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष टेनिस रोकाको आर्थिक प्रतिवेदन सफलतापूर्वक करतलध्वनी सहित पारित गरिएको थियो । कार्यक्रम प्रदेश समितिका अध्यक्ष एनके दाहालको सभापतित्वमा सम्पन्न भएको थियो ।