बिहिबार, बैशाख १३, २०८१

संसद विघटन लगायतका प्रम ओलीको स्वेच्छाचारी कदम विरुद्ध हुने प्रदर्शनमा सहभागि हुन आव्हान

काठमाडौं फागुन २ ,
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ७७ जिल्ला कार्यसमितिको नेतृत्वमा सोमवार आयोजना हुने प्रधानमन्त्री केपी ओलीको संसद विघटन लगायतका स्वेच्छाचारी कदम विरुद्ध आयोजना गरिने विरोध प्रदर्शनमा सहभागिताका लागि सबैमा आग्रह गर्नुभएको छ ।

सभापति देउवाले आज आज विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस एकमतका साथ आन्दोलनमा रहेको स्पष्ट जनाउ सहित पार्टीका सबै तह र तप्काका सदस्यसँगै समस्त लोकतन्त्रवादी नागरिकलाइ सोमबार हुने प्रदर्शनमा सहभागी भएर ऐक्यबद्धता प्रकट गर्न अनुरोध गर्नुभएको हो । नेपाली काँग्रेसले संसद विघटन विघटनविरुद्ध गत पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गते विभिन्न चरणमा प्रदर्शन गरिसेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031