बिहिबार, चैत्र १५, २०८०

थप १ सय २७ जनामा कोभिड संक्रमण, २ को मृत्यु

काठमाडौं माघ ३०,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार जनाको पीसीआर गर्दा थप १ सय २७ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७२ हजार ५ सय ५७ पुगेको छ ।

यसवीचमा थप १ सय ३६ जना संक्रमित संक्रमणमुक्त भएसंगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ६८ हजार ७ सय ९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

त्यस्तै मन्त्रालयले देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ७ रहेको छ । वितेको २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको जनाउदै आज मृत्यु भएका संक्रमित संगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको जनाएको छ ।