बिहिबार, बैशाख १३, २०८१

बढ्यो खाना पकाउने एलपी ग्यासको मूल्य

काठमाडौं माघ २९,
खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ। बुधवारमध्यरात्रीबाट लागु हुने गरि पेट्रोल तथा डिजेल र मट्टतिेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।

बढ्दो मूल्य अनुसार पेट्रोलको मूल्य ११२ र डिजेल र मटितेलको ९५ रुपैयाँ पुगेको छ भने एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १४ सय रुपैयाँ पुगेको छ । निगमले सिलिन्डरमा २५ रुपैयाँ मूल्य बढेपनि   हवाई इन्धनको मूल्य हाललाई यथावत नै राखिएको निगमले जनाएको छ ।

त्यस्तै निगमलाई अझै पेट्रोलमा प्रति लिटर ५.१६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३।०१ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर २९५।८३ रुपैयाँ घाटा रहेको समेत जनाउको छ ।