शनिबार, बैशाख ८, २०८१

अन्तत चौतर्फी दवावपछि पक्राउ परेकी नेतृ झाँक्री हिरासत मुक्त

काठमाडौं माघ २९,
राज्यविरुद्धको कसूरको आरोपमा पक्राउ परेकी नेकपा प्रचण्ड नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाइ प्रहरीले ५ घण्टा हिरासतमा राखेर रिहा गरेकी छिन । झाँक्री पक्राउ परेलगत्तै सरकारको चौतर्फी विरोध सहित यत्र तत्र सर्वत्र विरोधका आवाज गुञ्जीनथालेसंगै प्रहरीले उनलाई आज साँझ रिहा गरेको हो।

गोरखाको एक आमसभामा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध गरेको भाषणलाई लिएर झाँक्रीलाई बिहीबार बिहान शंखमुलस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो।यसैवीच प्रधामन्त्री केपी ओली नेतृत्व सरकारले सरकारको कदमका विरुद्ध आवाज बुलन्द गर्ने व्यक्तिलाइ पक्राउ गर्दा कस्तो प्रतिक्रिया आउँछ भन्ने चेकजाँचका लागि नेतृ झाँक्रीलाइ पक्राउ गरिएको राजनैतिक पण्डितहरुले बताए ।

प्रहरी हिरासतबाट रिहाभएसंगै नेतृ झाँक्रीले सरकारले चौतर्फी दबाब थेग्न नसकेपछि आफूलाई रिहा गरेको प्रतिक्रिया दिदै प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त बनाउने प्रतिक्रिया दिएकी छिन