मङ्लबार, बैशाख ११, २०८१

भारतबाट थप खोप ल्याउने सरकारको तयारी, दोस्रो चरणको खोप स्थानीय तहका जनप्रतिनिधिलाइ

काठमाडौं माघ २९,
सरकारले भारतबाट थप खोप ल्याउने तयारी गरेको छ । पहिलो चरणकै दोस्रो प्राथमिकतामा परेकाहरुलाई आगामी आइतबारदेखि कोभिड १९ विरुद्धको खोप दिने योजना अनुरुप सरकारले भारतबाट थप खोप ल्याउने तयारी गरेको हो।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार यसअघि भारत सरकारबाट अनुदान प्राप्त खोप नै खरीद गर्नुको अलावा थप केहि अनुदानमा समेत गरि २० लाख भन्दा बढी डोज खोप ल्याउने योजना तय भएको जनाएको छ । त्यस्तै यसपटक ल्याउने खोप यसअघि अनुदानमा आएको कोभिसिल्ड नभएर अरुनै नामको खोप ल्याइने जनाएउद्यै यसको प्रयोगका लागि औषधि व्यवस्था विभागबाट अनमति लिने तयारी भइरहेको जनाएको छ ।

यसैवीच गत १४ माघ देखि कोभिडबिरुद्धको खोप अभियान शुरु गरेको सरकारले आगामी २ फागुन देखि पहिलो चरणको दोस्रो प्राथमिकता निर्धारण गर्दै खोप अभियान शुरु गर्ने भएको छ । दोस्रो चरणको खोप अभियानमा स्थानीय तहका जनप्रतिनिधि देखि अग्रभागमा खटिएका कर्मचारीलाइ दिइने तयारी भएको बुझिएको छ ।

यसवीचमा जनप्रतिनिधिहरु, स्थानीय पालिकाका कर्मचारीहरु, सशस्त्रको विओपीमा खटिएका, प्रहरी, आर्मीको सव व्यवस्थापनमा खटिएका जनशक्ति संगै जिल्लास्थित सबै पत्रकारहरुले खोप लगाउने तयारी भएको बुझिएको छ । त्यस्तै मन्त्रालयले फागुन २३ फागुन देखि उमेर समूह अन्तरगर्त आम सर्वसाधारणलाई खोप दिन शुरु गर्ने तयारी समेत गरेको जनाउदै सरकारले अवको अभियानमा कोभ्याक्सबाट प्राप्त अनुदानको खोप, चीनबाट अनुदानमा प्राप्त हुन लागेको खोप तथा भारतबाटै खरीद गरेर ल्याउन लागिएको थप खोपको प्रयोग गर्ने योजना तय गरेको बुझिएको छ ।