शनिबार, बैशाख ८, २०८१

प्रधानमन्त्री ओलीलाई प्रचण्डको चेतावनी लाखौं जनता सहित सिंहदरबार र बालुवाटार घेर्नु नपरोस्

काठमाडौं माघ २८,
नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई सिंहदरबार र बालुवाटार घेर्न लाखौं जनता जम्मा पार्ने पनि चेतावनी दिएका छन । आज राजधानीमा प्रचण्ड नेपाल समूहले संसद विघटन लगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध आयोजित प्रदर्शन सहितको सभालाइ सम्बोधन गर्दै यस्तो चेतावनी दिएको हो।

त्यस्तै सम्बोधनको क्रममा अध्यक्ष प्रचण्डले प्रम ओलीको असंवैधानिक कदमविरुद्धका विरुद्ध सडकमा उर्लेका जनसागर प्रति लक्षित हुँदै भने आजको उपस्थितिले संविधानको र लोकतन्त्रको पक्षमा फैसला गर्न अदालतलाई पनि सहज भएको बताए । साथै सम्बोधनकै क्रमम प्रभण्डले जनताको भीड बेवास्ता गरेर सर्वोच्चले फैसला गरे देशमा आँधीहुरी आउँछ। देशमा फेरि शान्तिपूर्ण क्रान्ति हुन्छ, ‘ग्रिन रिभोल्युसनुको सुरवात हुने बताए । साथै निर्वाचन आयोग प्रति लक्षित हुँदै उहाँले पार्टी केन्द्रीय कमिटीको ७० प्रतिशत आफूहरुसँग रहेको पार्टीको आधिकारिक आफुहरुको भएको जनाउ दिदै निर्वाचन आयोगलाई प्रधानमन्त्रीले धम्क्याएको भन्दै खुट्टा नकमाउन र ३० दिने हदम्याद कट्यो भन्नु आफैमा काइते तर्क भएको र संवैधानिक निकायले गलत गरे देशले दुःख पाउँने भएका कारण कुनै पनि निर्णय प्रक्रियालाइ खेलाँची नठान्न आग्रह गरेका छन ।

त्यस्तै नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले, प्रधानमन्त्री केपी ओलीले निर्वाचन आयोगलाई धम्क्याएको आरोप लगाउँद राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ मा एउटै पार्टीमा नाम, चिन्हबारे विवाद भएमा बहुमतको निर्णय स्वीकार्य हुन्छ प्रष्ट लेखिएको अवस्थालाइ नजरअन्दाज गरे अवस्था विकराल हुँने चेतावनी समेत दिएका छन ।

त्यस्तै वरिष्ठ नेता झलनाथ खनालले प्रतिगमन विरुद्ध संयुक्त आन्दोलनमा आउन कांग्रेस, जनता समानवादी दलहरुलाई आह्वान गर्नभएको छ ।साथै उहाँले जनसभा कस्तो हुन्छ हेर्नका लागि प्रदर्शनीमार्ग आउनका लागि आग्रह मात्र गरेनन अव कास्टिङ होीच जनताले प्रधानमन्त्रीलाइ फिल्मनै देखाउने र यसको शुरवाती चरण हेर्न प्रदर्शनीमा मार्गमा आउन भने ।

 विरोधसभामा वोल्ने रघुजीपन्त रामकुमारी झाँक्री , रामचन्द झा लगायतका अधिकाश वक्ताले प्रधानमन्त्री ओलीको चर्को आलोचा  सहितको अभिव्यक्ति दिएका थिए ।