शुक्रबार, बैशाख १४, २०८१

काठमाडौ उपत्यकामा ६५ सहित देशभर १३४ जना कोभिड संक्रमितको पहिचान

काठमाडौं माघ २८,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ५ सय ६७ जनाको पीसीआर गर्दा काठमाडौ उपत्यकामा ६५ सहित देशभर थप १ सय ३४ जनामा कोभिड संक्रमितको पहिचान भएका छन । आज पहिचान भएका संक्रमितसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ भने यसवीचमा देशभरबाट थप १ सय १८ जना संक्रमणमुक्त भई घर फर्किएसंगै घर फर्किनेको सख्या २ लाख ६८ हजार ५ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ५३ रहेको र यसमध्ये ७२ जनाको आइसीयूमा र १६ जनाको भेन्टीलेटरमा उपचारर भइरहेको जनाएको छ । साथै मन्त्रालयले वितेको २४ घण्टामा संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य रहेको जाउदै नेपालमा नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ४७ पुगेको जानकारी दिएको छ ।