शुक्रबार, बैशाख ७, २०८१

अनलाईन यौन शोषणको चपेटामा बालिका र किशोरी भन्दा बालक र किशोरको संख्या अधिक

काठमाडौं माघ २७ ,
इन्टरनेट तथा त्यससँग सम्बन्धित ग्याजेटहरु आजका आवश्यकता मात्र नभएर बाध्यताभएसंगै पछिल्लो समय प्रविधीको विकाससंगै मौलाएको विनासको प्रारुपमा अनेकन फाईदासंगै त्यहि अनुपातमा मानव जीवनको पलपलमा  अकल्पनिय चुनौतीहरु सिर्जना हुँदै आइरहेका छन् । यस्तो अवस्थामा यसको बढ्दो दुरुपयोगलाई रोक्न सकिएन भने हाम्रो भोलिको भविष्य बोकेका आजका बालबालिकाहरु अनेकन किसिमका सामाजिक हिंसा संगै डिप्रेसनको सिकार हुने संभावनालाइ निकै बल दिइरहेको अवस्था छ ।

पछिल्लो समय सिविन नेपाललले आज राजधानीमा आयोजना गरेको एक अभिमुखिकरण कार्यक्रममा अनलाईन यौन शोषण पेरिफेरिमा बालिका किशोरी भन्दा झन्डै दोब्बर संख्यामा बालक किशोरहरु गाँजिदै आएको तथ्यांक सार्वजनीक गरेको छ । अनलाईन यौन शोषणमा पर्नेहरुमा बालिका र किशोरीको संख्या ४५ जना रहेको छ भने बालक र किशोरको संख्या ८३ जना जानकारी  दिदै  अनलाइनमा नग्न फोटो, अडियो तथा भिडियो बनाएर पठाउन दबाब दिने वा बाध्य पार्नेमा प्रेमी, प्रेमिका, दौतरी, सबैभन्दा नजिका साथी लगायत अपरिचित व्यक्ति रहेने गरेको अध्यनले पुष्टि गरेको र यसमा नग्न फोटो, अडियो तथा भिडियोहरु बनाएर पठाउनका लागी दबाब झेल्नेहरुमा केटीहरुको तुलनामा केटाहरुको संख्या अधिक रहेको जनाएको छ ।

त्यस्तै यो वा त्यो नाममा अनलाइन यौन शोषणमा परेका बालबालिकाको ठुलो संख्यामा मानसिक असर परेको देखाएको प्रतिवेदन केन्द्रीत हुँदै अभिमुखिकरणमा सिविन नेपालले २०२० मा गरेको अनलाइन बालयौन शोषण सम्बन्धि अध्ययनमा सातै प्रदेशका ९ देखि १९ वर्ष सम्मका १ हजार ७१४ जना बालाबालिका तथा किशोर किशोरी संलग्न रहेको र यसमध्ये सबैले कुनै न कुनै रुपमा जानेर वा नजानेर यौन शोषणको पिडा खेप्दै आएको जानकारी दिईएको छ ।

  त्यस्तै अध्ययनको क्रममा अभिभावकलाई उनिहरुको इन्टरनेट आनीका विषयमा जानकारी पाएसैंगै  कपितय साइबर बुलिगंको शिकार भएको यसको सवैभन्दा बढि प्रभाव   बाग्मती प्रदेश को  काठमाडौं  र मकवानपुरमा मात्र करिव २७ प्रतिशत  रहेको   अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।  त्यस्तै  प्रदेश न २को धनुषामा १८ प्रतिशत रहेका छ भने त्यसपछि  गण्डकी प्रदेशको कास्की , लुम्विनी प्रदेशको बाँकेमा १३ प्रतिशत वालवालिका तथा नवयुवाहरुमा साइबर बुलिगंको समस्या देखिएको उल्लेख गरिएको छ ।

साथै प्रतिवेदनमा आलाक्ष्न अनलाइन यौन शोषणमा परेका ६८दशमलव ५३ प्रतिशतले मात्र आफुशोषणपरेको आभाष गर्दै प्रहरी प्रशासनलाइ जानकारी दिने , सामाजिक संजाल तथा सम्पर्क ब्लक गर्नुको अलावा आएका कल तथा सन्देशहरुलाई उपेक्षा गर्ने इन्टरनेटको प्रयोग बन्द गर्ने , सिमकार्ड परिवर्तन गर्ने मात्र नभएर सामाजिक संजालमा नया अकाउन्ट खोल्ने जस्ता कार्य गरेको उल्लेख गरिएको छ ।

यद्यपी अनलाइन यौन शोषण आफैमा एक विषम अवस्थाका रुपमा देखिएका कारण समयमानै यसको सचेत नहुने हो भने दिनानुदिन थप समस्या सिर्जना हुने  तर्फ सचेत बन्दै  समाजका सञ्चारक्षेत्र देखि हरेक क्षेत्रबाट अनलाइन यौन शोषण परेका  लाइ  इन्टरनेट सुरक्षाका विषयमा  जानकारी दिदै  अनलाइन सुरक्षा प्रदान गर्दै यसको समाधानका लागि पहल हुन पर्ने निचोडको पहिचान गरिएको छ । साथै यसका लागि सवै वालअधिकार परिषद नेपाल प्रहरी साइबर ब्यूरो लगायत सरकोरवाला सवै संघ संस्था र निकायवीच समन्वयात्मक प्रयास अवश्यक रहेको जिकिर गरिको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031