बिहिबार, चैत्र १५, २०८०

सामाजिक सञ्जालमा बढ्दो छाडापन र अराजकता रोक्न निर्देशिका, जारी गर्ने सरकारको तयारी

काठमाडौं माघ २७ ,
सोमवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले स्वतन्त्रता उपभोग गर्ने नाममा दर्ता बिना सञ्चालनमा आएका फेसबुक, युट्युब, अनलाइनसञ्चारमाध्यमबाट हुने विकृति रोक लगाउने तयारीसंगै सामाजिक सञ्जालमा बढ्दो उत्तेजक अभिव्यक्ति दिने र त्यस्ता अभिव्यक्तिलाई प्राथमिकता दिएर प्रकाशन, प्रसारण गर्ने माध्यमलाई कारवाही गर्ने सङ्केत गरेको छ ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले नियोजित रुपमा पछिल्लो समय व्यक्तिको मानमर्दन गर्ने जस्ता अराजकतालाइ नरोक्ने हो भने भोलीका दिनमा स्थिती झन भयावह हुने तर्फ संकेत गर्दै यस्ता विकृति र छाडापनलाइ रोक्न छिट्टै सामाजिक सञ्जालसम्बन्धी निर्देशिका, २०७७ जारी गर्ने तयारी भएको बताउनुभयो ।

साथै उहाँले आमसञ्चारकर्मीलाई अराजक, मर्यादित र गैरजिम्मेवार नबन्न आग्रह सहितको सचेतना दिदै निर्देशिका जारी भएसंगै त्यस्ता गतिविधिलाई कानूनको दायरामा ल्याउदै आवश्यक कारवाही गरिने समेत बताउनुभयो ।